नियम १३
बढुवा हुन चाहिने योग्यता

(१) सैनिक प्राड सेवाको अधिकृत तथा पदिक पदमा बढुवा हुन देहाय बमोजिमको योग्यता पूरा गरेको हुनु पर्नेछः–
(क) अनुसूची –२ बमोजिमकोतालिम पूरा गरेको,
(ख) कार्यसम्पादन मूल्याङ्कनमा योग्य देखिएको,
(ग) नियम १५ बमोजिमको न्यूनतम सेवा अवधि पूरा भएको,
(घ) नियम १६ बमोजिमको शैक्षिक योग्यता भएको,
(ङ) शारीरिक तन्दुरुस्ती परीक्षा (बेसिक फीटनेस टेस्ट) उत्तीर्ण गरेको, तरकुनै सैनिक व्यक्ति कर्तब्य पालनाको सिलसिलामा घाइते भई यस खण्ड बमोजिमकोपरीक्षामा सहभागी हुन नसक्ने भए पनि सैनिक नियमावलीको नियम ३७ बमोजिम स्वास्थ्य वर्गीकरणमा योग्य ठहरिएमा निज सो प्रयोजनका लागियस नियमावली बमोजिम बढुवाको लागि योग्य हुनेछ ।
(च) बडी मास ईन्डेक्स (बी.एम.आई) र स्वास्थ्य वर्गीकरण (मेडिकल क्याटगोरी) मा योग्य ठहरिएको ।
(२) उपनियम (१) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ भएको मितिले दुई वर्षसम्म प्राड पदिक वेसिक तालीम, प्राड अधिकृत वेसिक तालीम, प्राड एडभान्स तालीम वा मिड क्यारियर म्यानेजमेन्ट तालीम नलिएको सैनिक व्यक्ति बढुवाको लागि उम्मेदवार हुन सक्नेछ ।